गैडाकोटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि




नवलपरासी २८ जेठ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा बुधबार थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सहित गैडाकोट नगरपालिकामा संक्रमितको संख्या ४ पुगेको
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैडकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गैडाकोट १३ का २३ बर्षीय एक जना पुरुष र गैडाकोट १४ का २६ बर्षीय एक जना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
बुधबार नै देवचुली नगरपालिका ४ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार बुधबार देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरमा बुधबार भेटिएको ३ जना सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ ।
देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् ।

नवलपुरमा रोकियो स्वाब संकलनः संकलिन स्वाबमध्ये ५०६ जनाको आउन बाँकी




नवलपुरमा संक्रमितको संख्या ३५ पुग्यो, गण्डकी प्रदेशमा १४५



सम्बन्धित
Loading...