साम्राज्ञीले लगाएका आरोपको छानविन गर्न भन्दै भुवनले दिए कलाकार संघमा निवेदन


अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्ने आरोपहरु लगाएको विषयमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।



उनले आफ्नो चरित्र हत्या हुने किसिमका कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त भएको देखिएको भन्दै छानबिन गर्न उजुरी दिएका हुन् ।केसीले निवेदनमार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन, यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् ।

https://www.facebook.com/photo.php?fbid=10157401239287335&set=a.10150894566337335&type=3

 




भुवनले भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युट्यबु लगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्र हत्या गरेको र चलचित्र क्षेत्रको नै बदनाम भएको अनभुव गरी त्यस सम्बन्धमा छानविन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन पनि अनुरोध गरेका छन् ।

भुवनले केही घण्टाअघि सामाजिक सञ्जाल फेसबूकमा एक नोट लेख्दै साम्राज्ञीलाई झुठा लाञ्छना लगाएमा साइबर क्राइमअन्तर्गत उजुरी दिने बताएका थिए ।

केही दिनदेखि नायिका साम्राज्ञी र अभिनेता भुवन केसीको सामाजिक सञ्जालमार्फत दोहोरी परेको छ । साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘दुर्व्यवहार’ मा परेको बताएकी थिइन् । जवाफमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दूलो पार्ने’ भन्दै अभिव्यक्ति दिएका थिए ।

https://www.facebook.com/bhuwankaycee/posts/10157401124937335



सम्बन्धित
Loading...