फिल्म ‘मेरो आफ्नो’को पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक


काठमाडौं – फिल्म ‘मेरो आफ्नो’ले पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक गरेको छ । फिल्मको प्रचारपैसार बिस्तरै गर्ने उदेश्यले निर्माण युनिटले गति सार्वजनिक गरेको हो ।



केवलजंग कुँवर र सुजाता थापाको अभिनय रहेको गीमा  प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी समेटिएको छ ।

राजु अधिकारीको निर्देशन रहको फिल्म ‘मेरो आफ्नो’को प्रदर्शन मिति भने तय हुन बाँकी रहेको छ ।




मौनता श्रेष्ठको निर्माण, श्रीराम बराल प्रस्तुतकर्ता रहेको फिल्ममा आरती अधिकारीको कथा, विकाश चौधरीको संगीत, पवन गौतमको छायांकन, हिमाल केसीको एक्सन र मन्दील श्रेष्ठको सम्पादन छ ।



सम्बन्धित
Loading...