प्रियंकापछि इन्स्टाग्राममा अदितीको १० लाख फलोअर्स


सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली चलचित्रको नायिका को होलिन् ?यसको सहजै उत्तर दिन सकिन्छ, प्रियंका कार्की । तर, अब प्रियंका कार्कीकै जस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ ।




चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका अदिती वुढाथोकीलाई इन्स्टामा पछ्याउनेको संख्या १० लाख पुगेको छ । सामाजिक संजालमा १० लाख फलोअर्स पुगेपछि अदितीले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएकी छिन् ।

दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा रहेकी अदिती मुम्बइमा रहेर मोडलिङ गर्दै आएकी छिन् । उनले इन्स्टाको माध्यमबाट विभिन्न ब्रान्डको प्रमोशन पनि गर्दै आएकी छिन् । सामाजिक संजालमा बोल्ड तस्वीर शेयर गरिरहने नायिका वुढाथोकीले इन्स्टाबाट राम्रो आम्दानी पनि गर्छिन् ।

मुम्बइमा रहेर केही म्यूजिक भिडियोमा समेत काम गरेकी यी सुन्दरी नेपाली चलचित्रमा पनि करिअर बनाउने दौडमा छिन् । इन्स्टाग्राममा सर्वाधिक फलोअर्स बटुलेकी यी नायिकाको चलचित्रले भने हलमा कस्तो व्यापार गर्ने हो, ‘बेञ्जो’ रिलिजपछि भन्न सकिनेछ ।







सम्बन्धित
Loading...