अनिताको तीज गीतमा प्रिज्मा र प्रिन्सीसँग बलेको रोमान्स


गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यो बर्ष पनि तीज  गीत ल्याएकी छन् । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित ल्याएकी हुन् ।



गीतमा बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । भिडियोमा जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा कलाकार सागर लम्सालको अभिनय रहेको छ ।

गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा समय सादर्भिक लाग्छ ।




नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो आफुले बनाएको गायिका अनिताले बताइन् । यस अगाडि ‘विदेशको पिआर छ’ बोलको हिट गीत दिएकी अनिताले यो गीत पनि हिट हुने आस गरेकी छन् ।



सम्बन्धित
Loading...