सरोज ओलीको निर्देशनमा ‘मायायु तिमी कता छौं-२’ (सिरिरी सिरिरी) सार्वजनिक (भिडियो)


गायिका स्मिता दाहाल र राजनराज शिवाकोटीको आवाजमा ‘मायायु तिमी कता छौं–२’ (सिरिरी सिरिरी) गीतको भिडियो सार्वजनिक भएको छ । विहीबार गज्जब टिभी युट्युब च्यानल मार्फत ‘मायायु तिमी कता छौं–२’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।



दिनेश थपलियाको शब्द तथा राजनराज सिवाकोटीको संगीतमा ‘मायायु तिमी कता छौं–२’लाई साहस शाक्यले एरेञ्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र स्वास्तिमा खड्का फिचर्ड छन् । साथै, चाइल्ड आर्टिष्टमा एञ्जल राई र अर्विन खड्का रहेका छन् ।




नवराज उप्रेतीको छायाँकन, अर्जुन जीसीको सम्पादन, श्याम कार्कीको कलर र विक्रम स्वारको कोरियोग्राफी÷कथा रहेको छ । भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।

 



सम्बन्धित
Loading...