बद्रीको ‘सेनिटाइजर घसेर’ मा शंकर र अञ्जली (भिडियो)
गायक बद्री पंगेनीले तीजको गीत बजारमा ल्याएका छन् । ‘सेनिटाइजर घसेर’ बोलेको गीत मंगलवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसका कारण माइत जाने अवस्था नभएको भावमा गीतमा प्रस्तुत गरिएको छ । गीतका शब्दलाई रविन लामिछानेले लेखेका हुन् ।
गीतमा बद्री पंगेनी र कविता अर्यालको स्वर रहेको छ भने गायक पंगेनीको संगीत रहेको छ । गीतमा कोरोनाबाट जोगिनुपर्ने भाव व्यक्त गरिएको छ ।
यस्तै गीतको भिडियोमा शंकर बिसी, अञ्जली अधिकारी, योगिश्ना खत्री लगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन् ।
साथै दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।