सकिएको छैन कोरोना



अहिले नेपालमा बन्दाबन्दी खुलेको छ । सरकारले बन्दाबन्दी खोले पनि कतिपय भिडभाड हुने क्षेत्रमा अझै प्रतिबन्ध लगाएको छ । नेपालमा अन्यदेशको तुलनामा कोरोनाको संक्रमण दर मृत्यु दर कम रहे पनि नेपाल अझै कोरोनाबाट मुक्त भएको छैन ।
सरकारले सम्भावित क्षेत्र सबै तिर परीक्षणको दायरा बढाएको दावी गरेपनि त्यस्तो देखिदैन, खास गरेर परीक्षण समुदायसम्म पुग्न सकेको छैन । त्यसैले नेपालमा सरकारले भने जस्तो कोरोनाको संक्रमण दर हेर्दा कम देखिए पनि वास्तवमा त्यस्ता नभएर भयावय पनि हुन सक्छ । त्यो परीक्षण पछि नै थाहा हुन्छ । तर कुरा के हो भने सरकारले बन्दा बन्दी खोलेसँगै नेपालमा बजार, कार्यालय, मुख्य चोक तथा पसलहरुमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाइ हिडडुल गरेको पाइन्छ । एउटा माक्स समेत प्रयोग नगरि आमसर्वसाधारणहरु भिडभाडमा जाने गरेको देखिन्छ ।
आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु पर्छ । तपाईको एउटा सानो लापरवाहीले गर्दा तपाईको समाज समुदायमा कोरोनाले महामारी रुप लिन सक्छ । त्यसैले अझै पनि सामाजिक दुरी कायम गर्ने, भिडभाडमा हिड्दा माक्सको प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका स्वास्थ्य सुरक्षा अपनाउनाऔं । आफ्नो मात्र नभएर आफ्नो, घरपरिवार र समाजको स्वास्थ्य सुरक्षाको ख्याल गरौं ।







सम्बन्धित
Loading...