आलियाको सडक २ ट्रेलरले राख्यो डिसलाइकको रेकर्ड

239












बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । आलिया बलिउडमा पछिल्लो समयकी सफल नायिका हुन् । तर, नायक सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको छ ।दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा आएको डिसलाइकलाई हेर्दा हुन्छ ।

महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।यो चलचित्र अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा यसलाई ३ लाख ६० हजार भन्दा बढीले डिसलाइक गरेका छन् । यो संख्या बढ्ने क्रममा छन् । चलचित्रको ट्रेलरमा ४० हजार लाइक आउँदा डिसलाइकको संख्या ४ लाख नजिक पुगेको हो ।यसलाई सुशान्त सिंह राजपुतको निधनपनि भारतीय दर्शकमा महेश भट्ट र उनको परिवारप्रति देखिएको आक्रोशको रुपमा हेर्न सकिन्छ ।




You might also like
Loading...