५ दशकसम्म रहेका अविवाहित अभिनेत्रीहरु


बलिउड स्टार आफ्नो जीवनलाई आफ्नै इच्छा अनुसार बाच्न चाहन्छन् । आम मानिसको भन्दा फरक जीवनशैली बिताउने यी कलाकारलाई उमेर ढल्के पनि विवाह गर्ने सोच पलाउँदैन । आजकल अक्सर महिलाले ३० बर्षको आसपासमा विवाह गर्दछन् । बलिउडका यस्ता केहि अभिनेत्री छन् जसको ४०,५० बर्षको उमेरसम्म विवाह भएको छैन । आज हामी बढि उमेरसम्म पनि विवाह नगर्ने बलिउड अभिनेत्रीका बारेमा चर्चा गर्नेछौ ।
नगमा सन् १९९० बाट फिल्म बागी मार्फत बलिउडमा प्रवेश गरेकि चर्चित अभिनेत्री नगमा अहिले राजनीतिमा सक्रिय छिन् । उमेरले ४५ काटेकि यी अभिनेत्री अझै अविवाहित छन् ।
तब्बू बलिउडमा राम्रो अभिनेत्रीका रुपमा छवि बनाएकि अभिनेत्री तबूले फिल्म विजयपथबाट बलिउडमा प्रवेश गरिन । उमेरले ४९ लागेकि तबु अझै अविवाहित छिन् । उनले दुई पटक भारतीय राष्ट्रिय पुरस्कार र ६ पटक फिल्मफेयर जितेकि छन् ।
सुष्मिता सेन पूर्वमिस यूनिभर्स सुष्मिता सेनले समेत अझैसम्म विवाह गरेकि छैनन् । हुनत हाल उनी रोहमन शलसंग डेटमा छिन् । जसले चाँडै विवाह हुनसक्ने अनुमान गर्न सकिन्छ । तर ४४ वर्षीय सुष्मिता अविवाहित नै हुन् । उनी एडोप्टद्धारा लिइएका दुई छोरीकी आमा हुन् ।
अमिषा पटेल सुपरहिट फिल्म कहो ना प्यार है, गदर लगायतका फिल्मबाट बलिउडमा तहल्का मच्चाउन सफल अभिनेत्री अमीषा पटेल समेत अझैसम्म अविवाहित छिन् । ४४ वर्षीय अमीषा अझै पनि बोल्ड अवतारमा फिल्ममा देखा पर्दै आएकि छन् ।
तनीषा मुखर्जी बलिउडकी चर्चित अभिनेत्री काजलकी बहिनी तनिषा मुखर्जी ४२ बर्षसम्म पनि अविवाहित नै हुन् । उनले बलिउडमा सफलता पाउन सकिनन् । एकताका उनको नाम उदय चोपडा र अरमान कोहलीका साथ जोडिएको थियो । तर उनको विवाह भने भएन ।







सम्बन्धित
Loading...