बाल कविता: सिकाइदिनुस् आमा

163







  • नानी बिवु –

ठुली भएँ नानी
छैन अव सानी
आफ्नो लुगा आफैँ
धुने गर्छु बानी ।
सिकाइदिनुस् आमा
कसरी धुने हो ?
मैले मेरो नाना ।
(सिकाइदिनुस् आमा,
सिकाइदिनुस् आमा ।)
(१)

स्कुल पनि मेरो
ऐले बिदा भा’छ
घरको काम सिक्न
मलाई मन ला’छ
सिकाइदिनुस् आमा
कसरी गर्ने हो
घर भित्रको काम
(सिकाइदिनुस् आमा.२)
(२)

टिभी मात्र हेर्दा
आँखा दुख्छ धेरै
उठाएर मलाई
भोलिबाट सबेरै
सिकाइदिनुस् आमा
कसरी गर्ने हो
बाहिरको काम
(सिकाइदिनुस् आमा..२)
(३)

आफै बनाउँ म
आजको अचार
के छ आमा यस्मा
हजुरको बिचार
सिकाइदिनुस् आमा
कसरी गर्ने हो
यो भान्साको काम ।
(सिकाइदिनुस् आमा २ )
(४)

आमासंगै आज
करेसामा जाउँ कि?
आमाको काममा
अलिकति सघाउँ कि?
सिकाइदिनुस् आमा कसरी गर्ने
हो करेसाको काम
(सिकाइदिनुस् आमा २)
(५)

पढेर त मान्छे
ठुलो मात्र हुन्छ
राम्रो संस्कार पाए
बल्ल असल बन्छ ।
सिकाइदिनुस् आमा
कसरी बन्ने हो
असल मान्छे म
(सिकाइदिनुस् आमा २)
(६)

आमा बाबा सुन
राम्रो मान्छे हुन
सिक्नुपर्छ हामीले
ब्यबहारिक ज्ञान ।
सिकाइदिनुस् आमा
कसरी गर्ने हो
अतिथिको मान
(सिकाइदिनुस् आमा २)
(७)

  • दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर ।

You might also like
Loading...