आजको मौसम : केही स्थानमा हल्का वर्षा हुने


आज (बुधबार) देखि शुक्रबारसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरूले जनाएका छन् ।




जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै बुधवारदेखि शुक्रवारसम्म मध्यम वा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमान:
असोज १४ गते बुधबार


दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १५ गते बिहीबार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते शुक्रबार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।

राति : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।




सम्बन्धित
Loading...