एनसेलले ल्यायो दसैंतिहार लक्षित उपहार योजना, जति धेरै कुराकानी त्यति धेरै पुरस्कार

78







एनसेल आजियाटाले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि उपहार योजना ल्याएको छ। कम्पनीले कुरै कुरामा उपहार योजना ल्याउँदै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरेर आकर्षक पुरस्कार पाउने जनाएको छ। दैनिक, साप्ताहिक र बम्पर उपहार दिने कम्पनीले जनाएको छ। प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यति नै धेरै उपहार जित्ने मौका पाउनेछन्। आइतबारदेखि लागू भएको यो योजना मंसिर १३ गतेसम्म कायम रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

योजनामा सहभागी हुन १७१०७ मा डायल गरी सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउने छन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउने र उपहार जित्न योग्य हुने कम्पनीले जनाएको छ।

निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई दुई सय रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० पाउने कम्पनीले जनाएको छ। कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोरोना महामारीले आफन्तलाई टाढा राखेको बताउँदै त्यही अवस्थालाई मध्यनजर गरेर आकर्षक पुरस्कार योजना ल्याएको बताए।

योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरुमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक उपहार अन्तर्गत ग्राहकले दुई सय बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। कम्पनीका अनुसार यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन सक्नेछन्।

साप्ताहिक उपहारमा साता भरी धेरै कुरा गर्ने ग्राहकहरु मध्ये सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिने कम्पनीले जनाएको छ। प्रत्येक भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सी एम ०१ एस ह्याण्डसेट उपहार पाउने छन्। योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सी नोट २० पाउने कम्पनीले जनाएको छ।

You might also like
Loading...