‘एकपटक नाङ्गो फोटो पठाउनुस्’ भन्दै फोन आउला है !

135







काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै फेशबुक मार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ ।

केही व्यक्तिले विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नक्कली आइडी बनाएर कल गर्दै ‘म प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको हुँ’ भन्दै प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह गरेको छ ।

यस्ता गिरोहले प्रविधिको दुरुपयोग गर्दै फेसबुक ह्याक भएको भन्दै त्यसको प्रमाणीकरणका लागि नाङ्गो तस्वीर एवं भिडियो माग गरेको साइबर ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ’, ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ब्युरोले यस्ता गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ ।

You might also like
Loading...