प्रचण्डलाई खुल्ला पत्र – कविता

378







  • अमृत क्षेत्री

तिमीले आत्महत्या गर्नै पर्छ प्रचण्ड
यो ठूलो खड्गको घाउले गाल्दै छ तिमीलाई
के गर्छौ अब, खड्ग बोक्यौ, डाक्टर वैद्ध धपाईहाल्यौ
तिम्रा गणतन्त्रमा केही नाप्दैनन् काजीले
अब काजी पाजी कोहि छैनन् तिम्रा आफ्ना
देख्यौ, अब त तिम्रा बादलहरू पनि काला भएर बर्संदै छन्
कुमारको खोल ओडेका नाममा मात्र नेपाल भएका बृद्धहरू
कहिलेबाट हुन थाले तिम्रा आफ्ना?

खुब गर्रलाऊ चलखेल! पल्टाउला सत्ता !
जनतालाई भॉंडाकुटी खेलायौ, रगतको भोग लगायौ
१२ बुँदेले बाह्रै घडी पोल्दैछ देशलाई
सिंह फाल्यौ ब्वाँसाहरू पाल्यौ
आफ्नै टाऊकाको मूल्य तोक्नेलाई टाऊकामा चढायौ
कति दानी रहेछौ, बलिराजालाई जित्यौ
सबैलाई सत्तामा तैरिने डुँगा बनाईदियौ
तर आफ्नो पानी जहाजको झ्यालभन्दा ठूला प्वालहरू पनि कहिल्यै देखेनौ

तिम्रा सहोदर कामरेडहरू चित्रगुप्तसँग रूँदै खेल लाउँदै होलान् तिम्रा
तिम्रा लागी रगतको बली दिनेहरूलाई त बदलामा खाडीका पसिनाले निथ्रूक्कै भिजायौ
तिम्रा हतियार थपक्क तिम्रा संचालकलाई बुझायौ
अहिले निरश्त्र भएर खड्गलाई चुनौती दिने तिम्रो यत्रो हिम्मत?
तिम्रा भूत्रा जनवाद, माओवाद
कहिल्यै सोंच्यौ राष्ट्रवाद, नेपालवाद?
सबैठाउँ रोल्पा रूकूम हुँदैनन्
सबै नागरीक तिम्रा कामरेड हुँदैनन्
पूर्वीय सभ्यतालाई तिलांजली दियौ
दक्षिण, पश्चिम, उत्तर भौतारिरह्यौ
पहिले सातका विरूद्ध एक थियौ
अहिले तिमी एकका विरूद्ध सात छन्
सातो खाने थियौ, सातु खाने भयौ
तिम्रो परिवार-शोकमा पुरै देशैलाई रूवायौ

न त गाई देख्यौ, न त राई देख्यौ
देशलाई शिक्किम, रूवान्डा, फिजी बनाउंदै गयौ
बरू ! सक्छौ भने रूकुम जाऊ रोल्पा जाऊ
होमन गर! सप्ताह लगाऊ, रूद्री, सत्यनारायण गर
डाक्टर वैद्ध बोलाऊ
नत्र भने डोरी बोक, कुलेलम ठोक
तिमी जाऊ अनि तिमी जस्तालाई पनि लैजाऊ
ऐना हेर, एक घ्वाँक मनैदेखी रोऊ,
जसरी घुँक्क घुँक्क हॉंस्छौ, त्यसैगरी
कस्ता डोरी चाहियो भन बरू
मजस्ता परदेशी विद्धार्थी डोरी?
कि मेरा बा-काका जस्ता खाडीका मजदुरी डोरी?
भर्खरै पठाईदिन्छौं, छानीछानी
मर्ने बेलामा पनि शानले मर
गलामा टक्क पश्चिमी टाई भिरेझैं
नुनको सोझो गर
आत्महत्या गर!!!

  • कावासोती

You might also like
Loading...