लक्की मिडिया हाउसको पाचौं बार्षिकोत्सवमा डाक्टर सहित कलाकारलाई सम्मान गर्ने

128







चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले चितवनका दुई चिकित्सक सहित कलाकारलाई सम्मान गर्ने भएको छ । मिडिया हाउसको गौरवमय पाचौं बार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई सम्मान गर्ने भएको हो ।

मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले अन्य विधाका व्यत्तित्वहरुलाई समेत सम्मान गर्ने जानकारी दिएको छ । कोरोना कहर र चुनौतिबीच स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए । ‘हाम्रो मिडियाको उद्धेश्य देश र समाजका लागि योगदान गर्नेका लागि पनि हो , उनले भने, कोरोना कहरबीच यसलाई अहिले पनि निरन्तरता दिदैछौ ।’

मोफसलमा रहेर पनि सुचना, समाचार र मनोरञ्जनको क्षेत्रमा आफुलाई अब्बल सावित गराउन सफल लक्की मिडिया हाउसले सामाजिक क्षेत्रमा अतुलनीय योगदान गर्दै आईरहेको कुरामा कुनै दुईमत छैन । स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

You might also like
Loading...