तोरीबारीबाट समातिए १० जना जुवाडे

636












नवलपरासी, १२ फाल्गुन । पूर्वी नवलपरासीमा प्रहरीले १० जना जुवाडेलाई तोरीबारीबाट नियन्त्रणमा लिएका छन् ।

हुप्सेकोट गाउँपालिका १ बेलुवामा सोनु नेपालीको घर पछाडि बारीमा तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले बुधबार १० जनालाई नियन्त्रणमा लिएको हो ।


प्रहरीले उनीहरुको साथबाट ३१ हजार ४ सय १५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा १९ बर्षदेखि ४० बर्ष उमेर समूहका रहेका छन् । पक्राउ पर्नेमा हुप्सेकोट १ का इन्द्र थापा, लिलबहादुर गुरुङ, चुराबहादुर सेर्बुजा, होमराज थापा, विनोद गुरुङ, मनोज तामाङ्ग, विशाल सुनार, कोसबहादुर महतो र सुमन गुरुङ रहेका छन् ।

प्रहरीले देवचुली नगरपालिकाबाट पनि १० जनालाई जुवाको खालबाट नियन्त्रणमा लिएको थियो ।



You might also like
Loading...