अवार्ड लिन गएकी नम्रताको प्रेम चर्चा


चलचित्र ‘क्लासिक’मा काम गरेपछि नायिका नम्रता श्रेष्ठले सबैजसो अवार्ड यो चलचित्रबाट जितिन् । यो चलचित्रमा नम्रताले गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । यसैले पनि कुनै अवार्ड समारोमा नम्रता पुग्दा उनले नै अवार्ड पाउँछिन् भनेर अड्कल लगाउनु नौलो कुरा होइन । उसो त, नेपालको अवार्डमा जो पुग्छ उसैलाई दिने चलन छ ।




अवार्ड पाउने पक्का भएपछि मात्र कलाकारहरु सो समारोहमा पुग्ने गरेका छन् । शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा नायिका श्रेष्ठ पुगेपछि उनले नै अवार्ड पाउँदैछिन् भनेर धेरैले अड्कल लगाएका थिए । नम्रता पनि कार्यक्रमको अवधीभर बसिन् ।




तर, उत्कृष्ट नायिकाको अवार्ड मेनुका प्रधानले चलचित्र ‘साइँली’बाट प्राप्त गरिन् । श्रोतका अनुसार, नम्रतालाई आयोजकले ‘उत्कृष्ट नायिकाको अवार्ड पाउँदैहुनुहुन्छ’ भनेर नै बोलाएको थियो ।

तर, नम्रताले अवार्ड भने पाइनन् । ‘पपुलर नायिका’को अवार्ड पनि साम्राज्ञी राज्यलक्ष्मी शाहले प्राप्त गरिन् । चलचित्र ‘प्रसाद’को कथा, नायक विपिन कार्कीको अभिनयलाई दर्शक तथा समिक्षकले मन पराएपनि नम्रताको अभियनले ‘क्लासिक’ जस्तो प्रशंसा भने पाएको थिएन ।

तर, अवार्ड नपाएपनि नम्रताको प्रेम चर्चा भने भयो । नम्रता र नायक सारुक ताम्राकार प्रेममा रहेको चर्चा भयो । उनीहरु कार्यक्रम एकसाथ आए र हात समाउँदै फर्किए ।




सम्बन्धित
Loading...