दृष्टिबिहीनहरुको गायन प्रतियोगिता सौराहामा

95












भनिन्छ हरेकको जीवनमा सफलताको पछाडि कसै न कसैको हात रहेको हुन्छ । सफलता हात पार्न सपागंहरुलाई जति सहज मानिन्छ अपागंहरुका निम्ति त्यति नै कठिन !
त्यसमा पनि दृष्टिबिहीन.. गुम्सिएका तथा प्लेटफर्म नपाएका प्रतिभालाई हौसला र अवसर प्रदान गर्दै एमआरडिएफ नेपाल (संगित अनुसन्धान तथा विकास केन्द्र)र लव एवं सपोर्ट फाउन्डेशनको सहकार्यमा गायन प्रतियोगिताको आयोजना हुने भएको छ।बैशाख १५ मा चितवनको सौराहामा आयोजना हुने उक्त प्रतियोगितामा सम्माननिय उप राष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यता रहने कार्यक्रम संयोजक राजु लामाले बताए।
देशभर यस्ता कैयन प्रतियोगिताहरु आयोजना भईरहेको अवस्थामा यो प्रतियोगिता अरु भन्दा के मानेमा पृथक भन्ने सवालमा लामा बताउँछन् -“ शारिरीक, भौतिक र कमजोर आर्थिक पक्षका कारण आफु भित्र रहेको प्रतिभालाई समेत बाहिर ल्याउन नसक्ने दयनिय अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई हौसला एवं प्रोत्साहन गर्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको र यो विशेष दृष्टिबिहीनहरुकै लागि मात्र आयोजना गरिएको हो ।
प्रतियोगिहरुलाई १ लाख बराबरको बिमासहित उनीहरुको शैक्षिक अध्ययनका लागि समेत प्याकेजको घोषणा गरिएको छ।
देशभरबाट लिइएको पहिलो अडिसन मार्फत १२ जना प्रतियोगिहरु फाईनल राउण्डमा प्रवेश गरेको र उनीहरुमध्येबाटै उत्कृष्ठ तिन जनालाई क्रमश:एक लाख, पचास हजार र पच्चिस हजार पुरस्कार राशि प्रदान गरिने छ।




You might also like
Loading...