मिस तामाङ वल्डको आयोजना

87












काठमाडौं । काठमाडौंको साधना कला केन्द्रले विगत डेढ दशकदेखि तामाङ समुदायका युवतीको प्रतिभा प्रस्तुतिका लागि मिस तामाङ कार्यक्रम आयोजना गर्दै आएको थियो ।


यो वर्षबाट सो संस्थाले मिस तामाङ वल्र्ड प्रतियोगिता गर्ने भएको छ । अब यस्तो प्रतियोगिता देशमा मात्र सीमित नरहेर अन्तर्राष्ट्रिय रूपमा हुनुपर्छ भन्दै आफूले मिस तामाङ वल्र्ड गर्न लागेको आयोजक संस्थाका अध्यक्ष मिलन मोक्तानले बताएका छन् ।

काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै मोक्तानले विश्वभरि छरिएर रहेका तामाङ समुदायलाई एकै सांलोमा आवद्ध गरी तामाङ जातिको धर्म, कला संस्कृति, भाषा, भेषभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्न आफूहरूले यो कार्यक्रम आयोजना गर्न लागेको बताए । आफ्नो तथा अन्य जातिमा समाजिकीकरण गर्ने उद्देश्यले पनि यो कार्यक्रम गर्न लागेको उनले जनाए ।

यो प्रतियोगितमा नेपाल र नेपालबाहिर जुनसुकै मुलुकमा बसेको तामाङ युवतीले पनि भाग लिन पाउने तर प्रशिक्षणमा सहभागी हुन काठमाडौं आउनुपर्ने मोक्तानले जानकारी गराए । प्रतियोगी १६ वर्षदेखि २८ वर्षभित्रको हुनुपर्ने उनको कथन छ । सामाजिक दूरी कायम गर्दै प्रशिक्षण गरेर मात्र कार्यक्रमको आयोजना गर्ने पनि उनले बताएका छन् ।



You might also like
Loading...