हाँसेरै संसारभर चिनिएका कमेडियनको निधन

94












स्पेनिश कमेडियन तथा अभिनेता जुआन जोया बोर्जाको निधन भएको छ। मिमको दुनियाँमा निकै भाइरल र चर्चित जुआनको बुधबार ६५ वर्षको उमेरमा निधन भएको हो।


जुआन आफ्नो हाँसोको कारण भाइरल छन्। सामाजिक सञ्जालमा उनी ‘एल रिसिटस’ अर्थात् ‘हाँसो’ नामबाट परिचित छन्।

स्पेनिस एजेन्सी इएफईका अनुसार जुआनको दे ला कारिडाड अस्पतालमा उपचार भइरहेको थियो। उनी सन् २०२० तिरै खुट्टाको समस्या भएपछि अस्पताल भर्ना भएका थिए। दे ला कारिडाड अस्पतालबाट जुआनलाई भर्जेन देल रोकियो अस्पतालमा सारिएको थियो। त्यही उनको बुधबार मध्य राति मृत्यु भएको हो।

जुआनले ‘एल रिसिटस’ नाम सन् २००७ जुनमा एक स्पेनिस कमेडिअन कार्यक्रममा (रेटोनस कोलोरास) देखा परेपछि पाएका हुन्। कार्यक्रममा उनी आफ्नो जीवनका घटनाबारे सुनाउँदै थिए।

उनी पहिले एक रेष्टुरेन्टमा काम गर्थे। एक दिन उनले समुद्रमा प्यान (भाँडा) छाडेछन्। समुद्रको छालले त्यो प्यानलाई लग्छ भन्ने सोचेर त्यसो गरेका थिए रे। यसरी कथा सुनाउदा सुनाउँदै जुआन त्यही हाँस्न थाले।

उनको हाँसो रोकिएकै थिएन।

त्यसपछिको घटना सुनाउदा समेत हाँसेको हाँस्यै भए। कार्यक्रम सञ्चालकले समेत आफ्नो हाँसो थाम्न सकेका थिएनन्।

जुआनको यो हाँसोको भिडिओ क्लिप पछि सन् २०१४ तिर भाइरल हुन थाल्यो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न सन्दर्भ र कथामा जुआनको हाँसोको भिडिओ जोड्दै मिम बनाउन थाले।

यसरी मिमहरूमा जुआन भाइरल हुन थाले। मिम हेर्ने जमातमा उनलाई नदेख्ने बिरलै होलान्।



You might also like
Loading...