एप्पलले सन् २०२२ मा ‘एयरपोड्स प्रो–२’ ल्याउने





सन् २०२२ मा एप्पलले नयाँ ‘एयरपोड्स प्रो–२’ सार्वजनिक गर्ने अनुमान छ।

‘एयरपोड्स प्रो’ हेडफोनले बजारमा कमाएको सफलतापछि कम्पनीले ‘एयरपोड्स प्रो–२’ ल्याउन सक्ने एप्पलका विश्लेषक मिङ–ची कुओले बताएका छन्।




विश्वबजारमा एप्पलको वायरलेस हेडफोनको बिक्री उच्च स्थानमा रहेपनि अन्य स्मार्टफोन कम्पनीहरु पनि प्रतिस्पर्धामा आइरहेका छन्। यस्तो बेला एप्पलले आफ्नो नयाँ उत्पादन अझ राम्रो फिचरका साथ सार्वजनिक गर्न सक्ने प्रशंसकहरुको अनुमान छ।

विश्लेषक कुओले सन् २०२० देखि नै ‘एयरपोड्स प्रो–२’का फिचर र सार्वजनिक मिति अनुमान गर्दै आएका छन्। उनका अनुसार ‘एयरपोड्स प्रो–२’ मा राम्रो ब्याट्री सुविधा हुनेछ। यसको ब्याट्री २४ घण्टासम्म टिक्ने छ। साथै यसमा नोइज क्यानसलिङ मोड र एमबियन्ट लाइट सेन्सर हुनेछ।

यो एयरपोड्सले प्रयोगकर्ताको स्वास्थ्यसमेत ट्रयाक गर्न सक्नेछ। यसले प्रयोगकर्ताको रगतको अक्सिजन स्तर र मुटुको धडकन मापन गर्ने एप्पल इन्साइडरले उल्लेख गरेको छ।

यसैगरी ‘एयरपोड्स प्रो–२’को केसको डिजाइनमा परिवर्तन आउने छ। नयाँ केसको लम्बाइ ४६ एमएम लामो, चौडाई ५४ एमएम र मोटाई २१ एमएमको हुनेछ। ‘एयरपोड्स प्रो–२’को स्टिम भने पुराना मोडलभन्दा छोटो हुनेछ।

‘एयरपोड्स प्रो–२’को मूल्य लगभग दुई सय ५० अमेरिकी डलर पर्न सक्ने अनुमान छ।

एप्पलले यदी ‘एयरपोड्स प्रो–२’ उत्पादन नगरेपनि अर्को वर्ष यसले दश करोडभन्दा बढी वायरलेस हेडफोन बिक्री गर्ने योजना बनाएको मिङ–ची कुओले जनाएका छन्।




सम्बन्धित
Loading...