मध्यविन्दुमा शुरु हुने सकेन निर्वाचन प्रक्रिया

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सोमबार नेपाली काँग्रेस मध्यविन्दु नगर अधिवेशन अन्तरगतको निर्वाचन प्रक्रिया शुरु हुन सकेन ।
सहमतिका लागि भन्दै प्रतिनिधिहरुले समय मागे पछि निर्वाचन प्रक्रिया शुरु हुन नसकेको हो ।
मध्यविन्दु निर्वाचन संयोजक मिनबहादुर दाहालका अनुसार सोमबार उम्मेदवारी मनोनयनका लागि फारम वितरण भएको छ ।
उनले भने – सोमबार सहमतिका लागि समय दिएका छौं । सहमति हुन नसके मंगलबारबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ ।
मध्यविन्दुमा कुलबहादुर गुरुङ र दोमन भण्डारी नेतृत्वको दुई वटा प्यानल घोषणा नै गरेर चुनावी मैदानमा उत्रिएका छन् ।