मध्यविन्दु ७ अम्रसामा जितवाहानको मन्दिर उद्घाटन




चन्द्रा महतो –
नवलपुर  । मध्यविन्दु ७ अम्रसामा मंगलबार जितवाहानको मुर्ति स्थापना साथै मन्दिर तथा ट्रस सभाहलको उद्घाटन भएको छ ।

 

थारु समुदायको महान पर्व जितिया पर्वको अवसरमा (हमार धर्म संस्कृति हमार पहिचान हमरा थरुवान हखहु नेपालक सान ) भन्ने नाराका साथ जितवाहानको मन्दिर उद्घाटन भएको हो ।

 




थारु कल्याणकारीणी सभा मध्यविन्दु नगरपालिका वडा न ७ अम्रसाको आयोजनामा भएको कार्यक्रम मध्यविन्दु नगर उप प्रमुख ओम कुमारी महतोले संस्कृती , धार्मिक सम्पदा संरक्षणका गर्ने उद्देश्यले मठ मन्दिरमा पनि नगरबाट धेरै लगानी गरेको बताउनु भयो ।

 

प्रमुख अतिथिको रुपमा रहनु भएको उप प्रमुख महतोले नगर भित्र विभिन्न समुदायको बसोवास रहेको हुदा पहिचान जोगाउनको लागि पनि नगरमा बसोबास गर्ने ११ जाति सबैलाई सम्वोधन गरेर अगाडि बढेको बताउनु भयो ।

 

अम्रसाको परिक्रमा गरि थारु समुदायको र मगर समुदायको शोभा यात्रा तथा छाकि द्दारा जितवाहानको मुर्ति मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारीणी सभाका निवर्तमान अध्यक्ष गणेशमान महतोले थारु समुदायमा जितवाहानको महत्त्व बारे जानकारी गराउनु भएको थियो ।

 

अम्रसामा जितवाहानको मन्दिर स्थापना गर्न सफल हुनुमा थारु समुदायको साथै अन्य समुदायको महत्वपूर्ण देन रहेको हुदा सबैलाई धन्यवाद दिनु भएको थियो ।

 

जितवाहान सुर्य पुत्र हो । जितवाहनको पुजा आजा थारु समुदायले जितियामा गर्ने हुदा जितियाको अवसर पारेर मन्दिरको उद्दघाटन गरेको थारु कल्याणकारीणी सभा नवलपुर तथा मन्दिरका संरक्षक राम प्रसाद महतोले जानकारी दिनु भयो ।

 

जितवाहानको मन्दिर जितियाको कथा अनुसार निमार्ण गरिएको छ । कथाका पात्र चिलो दिदी र सिरो बहिनीको मुर्ति समेत जितबाहानको मन्दिर परिसरमा रहेको छ ।

थारु कल्याणकारीणी सभा वाडा सभापति युवराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आतिवासी जनजाति , मगर समुदाय , नेवार समुदाय ,समाज सेवी , जनप्रतिनिधि लगाएको उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...