यि हुन् कांग्रेस नवलपुरका पालिकामा आएका नयाँ नेतृत्वहरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नवलपुरको सबै पालिकाले नयाँ नेतृत्व पाएको छ । केहि पदहरुमा सर्वसम्मत भएपनि धेरैजसो पदहरुकोलागि निर्वाचन भएको हो ।
बुधबार विहानसम्ममा नवलपुरका सबै पालिकाहरुले काँग्रेस पार्टी हाँक्ने नयाँ नेतृत्व पाईसकेको छ ।
मध्यविन्दुमा दोमन भण्डारी
मध्यविन्दु नगरपालिकामा मंगलबार भएको निर्वाचनको मतगणना आज बिहान मात्रै सम्पन्न भएको छ ।
नवलपुरमा सबैभन्दा ढिलो मतपरिणा आएको पालिका मध्यविन्दु नगरपालिका हो । यहाँ मंगलबार अबेर मात्र मतदान शुरु भएको थियो ।
मतगणना अनुसार कांग्रेसको मध्यविन्दु नगरसभापतिमा पुनः दोमन भण्डारी बिजयी हुनुभएको छ ।
कुल ३०० मतदाता रहेको मध्यविन्दुमा जम्मा २८९ मत खसेको थियो । खसेको मत मध्ये भण्डारीले १५४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी कुलबहादुर गुरुङले १२३ मत प्राप्त गर्नुभएको हो । सभापति सहित कार्यसमितिमा सबै भण्डारी प्यानलनै विजयी भएको छ ।
जसको उप–सभापतिमा भण्डारी प्यानलबाट जित ब. थापा (१४९ मत) र पर्सुराम महतो (१८० मत) बिजयी हुनुभएको छ । त्यस्तै सचिवमा भण्डारी प्यानलबाटै हरि प्र. बस्ताकोटी र तिलक न्यौपाने र सह–सचिवमा बिफला थारु र टक बहादुर ढेँगा विजयी हुनुभएको छ ।
सदस्यहरुमा ७ जना खुल्ला सदस्य मध्य दोमन भण्डारी समुहबाट ५ र कुल बहादुर गुरुङ समुहबाट २ जना सदस्य विजयि भएका छन भने दलित सदस्य तर्फ भने दुबै जना भण्डारी समुहका विजयि भएका छन ।
मध्यविन्दु नगर कार्यसमितिको लागि सभापतिमा बिष्णु कार्कि समुहबाट दोमन बहादुर भण्डारी र महेन्द्रध्वज जिसि समुहबाट कुल बहादुर गुरुङ चुनावि मैदानमा रहेका थिए ।
कावासोतीमा शालिकराम ढकालको प्यानल
काँग्रेस कावासोतीको निर्वाचनमा सालिकराम ढकाल नेतृत्वको प्यानल विजयी भएको छ । सभापतिमा विजयी भएका ढकाल महेन्द्रध्वज जिसी निकट मानिन्छन ।
गएराति सम्पन्न मतगणनामा ३ सय ७१ मत खसेकोमा शालिकराम ढकालले २ सय २३ र उहाँका निकतम् प्रतिद्वन्दी अमृत श्रेष्ठले १ सय ४३ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी उपाध्यक्षमा ढकाल प्यानलकै गोमाया खन्डलुकले २ सय ६१ र डि.बि. चौधरीले २ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् ।
उपाध्यक्षमा जित बहादुर महतो र मुक्ति थापा, सचिवमा झबिन्द्र काफ्ले र विनोद राना, सहसचिवमा गोविन्द मान श्रेष्ठ र भोजराज भुर्तेल विजयी भएका छन् । कावासोतीमा अन्य पदमा भने यस अघि नै सहमति भईसकेको थियो ।
देवचुलीमा कडरिया गोलाप्रथाबाट विजयी
देवचुली नगरपालिकाको नगर सभापतिमा डिल्लीराम कडरिया गोलाप्रथाबाट विजयी हुनुभएको छ । निर्वाचनमा दुवै उम्मेदवारले समान १ सय ४७ मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो ।
यस्तै उपसभापति पदमा हरिभक्त भट्राई १ सय ५८ मतका साथ र भोजेन्द्र बहादुर रायमाझी १ सय ३७ मतका साथ विजयी भएको छन भने सचिवमा भुपराज पाठक १ सय १७ मतका साथ र सुन्दर पाण्डे १ सय ३० मतका साथ विजय भएका हुन ।
त्यस्तै सहसचिवमा खेम सारुले १ सय ६५ मत प्राप्त गरेका थिए भने अर्की उम्मेदवार तनुजा महतो चौधरीले २ सय ३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
गैँडाकोटको सभापतिमा बद्री सापकोटा
गैँडाकोट नगरपालिकाको अधिवेशनबाट बद्रि सापकोटा नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।
उहाँले सभापतिका अर्का उम्मेद्वार खेम सापकोटालाई १५८ मतान्तरले पराजित गर्नुभएको हो । जम्मा खसेको ४६८ मत मध्य बद्रिले ३१३ मत प्राप्त गर्दा खेमले मात्र १५५ मत प्राप्त गर्नुभएको हो ।
काँग्रेसको गैँडाकोट नगरसमितिको उपसभापतिमा राजेशकुमार श्रेष्ठ र रोशनभक्त अधिकारी यस अघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
सचिव पदमा गोविन्द घिमिरे र कृष्णमुरारी खनाल निर्वाचित हुनुभएको छ । सहसचिवमा बुद्धिप्रसाद न्यूरे र रत्नबहादुर बोहरा निर्वाचित भएका छन् ।
बौँदीकालीगाउँपालिका सभापतिमा राना
बौँदीकाली गाउँपालिका सभापतिमा केवी राना विजयि हुनुभएको छ । पत्रकार राना प्रेस युनियनका केन्द्रिय सचिव हुन् ।
सम्पन्न निर्वाचनमा रानाले सभापतिका अर्का उम्मेद्वार मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् ।
कुल ९९ मतदाता रहेकामा खसेको ९३ मत मध्ये रानाले ५५ मत पाउँदा सारुका पक्षमा ३८ मत परेको थियो । बौदीकाली काँग्रेस कार्य समितिको पदाधिकारी सहित सदस्यहरु भने निर्विरोध चुनिएका छन् ।
उपसभापतिमा डिल्लीराम राना र मिनकुमार सारु, सचिवमा राजु कंडेल र केशवराज ओझा तथा सहसचिवमा दानबहादुर मश्राङ्गी र यमबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् ।
हुप्सेकोट गाउँपालिकामा बलबहादुरको प्यानल नै विजयी
नेपाली काँग्रेस हुप्सेकोट गाउँ कार्य समितिको सभापतिमा बलबहादुर राना सहित प्यानल नै विजयी भएको छ ।
१ सय ११ सदर मतमध्ये रानाले ६७ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार ओमनसिं रजालीले ४३ मत प्राप्त गर्नुभएको हो ।
सोमबार सम्पन्न निर्वाचनबाट उपसभापतिमा टोपबहादुर सेन र दलबहादुर सोती, सचिवमा चोलाकान्त रेग्मी (आसिस), धनबहादुर गुरुङ, सहसचिवमा भीमबहादुर सारु मगर र चित्रबहादुर राउत निर्वाचित भएका हुन् ।
बुलिङटारमा ओमकुमार श्रेष्ठ सहितको सबै सर्वसम्मत
नेपाली काँग्रेस बुलिङटारको गाउँकार्यसमितिको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यसैगरी उपसभापतिमा शेरबहादुर खाँड ठकुरी र मिनबहादुर आलेमगर, सचिवमा मनप्रसाद रानाभाट र प्रदिप कंडेल, सहसचिवमा सोमबहादुर पुलामी मगर र कान्त बहादुर आलेमगर सर्वसम्मत चयन भएका हुन् ।
विनयी त्रिवेणीमा गाउँपालिकामा थापा
विनयी त्रिवेणी गाउँपालिका सभापतिमा अजित कुमार थापा निर्वाचित हुनुभएको छ । उ
हाँले गम्भीर श्रेष्ठलाई ५१ मतले पछि पार्दै विजयि हुनुभएको हो । खसेको १७१ मत मध्य थापाले १११ मत प्राप्त गर्दा श्रेष्ठले ५१ मत प्राप्त गर्नुभएको हो ।