काँग्रेस नवलपुरमा दुई प्यानलबीच कडा प्रतिप्रर्धा, आज मतदान, क्षेत्रीय समितिदेखि केन्द्रिय प्रतिनिधि छनौट हुने


 



 

रामकुमार श्रेष्ठ –




नवलपुर । नेपाली काँग्रेस पूर्वी नवलपरासीमा संघीय निर्वाचन क्षेत्र स्तरको क्षेत्रीय समिति चयन र केन्द्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि आज मतदान हुँदै छ ।

 

मतदान विहान ९ बजेबाट शुरु भएको नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।

 

नवलपुरमा २ वटा निर्वाचन क्षेत्र रहेको छ । सो निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति चयनका साथै प्रतिनिधि छनौटका लागि आज मतदान हुन लागेको हो ।

 

दुई वटा संघिय निर्वाचन क्षेत्र रहेको नवलपुरमा नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत हिजो मनोनयन दर्ता भएको हो ।

 

काँग्रेसमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

 

क्षेत्र नं. १ र २ मा दुईवटा केन्द्र खडा गरी उम्मेदवार मनोनयनको कार्य भएकोे निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।

 

जिल्लामा देखिएको स्पष्ट दुई प्यानलले कार्य समिति र महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी हालेका छन् ।

 

क्षेत्र नं. १ मा सभापतिमा कमलप्रसाद पराजुली र अमृत भट्टचनको नेतृत्वमा पदाधिकारी र सदस्य सहित प्यानलबीच कडा प्रतिप्रर्धा हुने देखिएको छ ।

 

 

कमल पराजुली काँग्रेस महामन्त्री डा. शशांक कोइराला प्यानलका हुन् भने अमृत भट्टचन महेन्द्रध्वज जिसी निकट अर्थात रामचन्द्र प्यानलका हुन् ।

 

त्यसैगरी क्षेत्र नं. २ को सभापतिमा सूर्य गुरुङ र जगत बहादुर कार्की नेतृत्वको प्यानल बीच कडा प्रतिप्रर्धा हुने देखिएको छ ।

 

सूर्य गुरुङ महेन्द्र ध्वज जिसी निकट अर्थात रामचन्द्र पौडेल प्यानलका हुन् भने र जगत बहादुर कार्की विष्णु कार्की निकट अर्थात शेरबहादुर देउवा प्यालनका हुन् ।

 

क्षेत्र नं. १ मा दलदलेको सहारा पार्टी प्यालेस र क्षेत्र नं. २ मा चोरमाराको नवजागरण क्याम्पस मतदान शुरु भएको छ ।

 

नवलपुरबाट क्षेत्र नं. १ बाट २५, २ बाट २५ गरी ५० जना क्षेत्रीय प्रतिनिधि छनौट हुँदैछन् ।

 

 

क्षेत्र नं. १ मा यस अघि मधेषी कोटाबाट उद्योग पति विनोद चौधरी सर्वसम्मत भएका छन् ।

 

 

क्षेत्र नं. १ मा १ मा २४ मा ४७ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ मा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली सहित महेन्द्रध्वज जिसी, मदनभक्त अधिकारी, सत्यनारायण खनाल, ओम सापकोटा, अशोक बस्ताकोटी, भरत तिवारी, क्युप्रसाद बस्याल, बालकृष्ण घिमिरे लगायत केन्द्रिय प्रतिनिधिको चुनावी मैदानमा रहेका छन् ।

 

 

 

त्यसैगरी क्षेत्र नं. २ मा २५ जना केन्द्रिय प्रतिनिधि छनौटका लागि ५३ जनाको उम्मेदवारी परेको छ ।

 

 

यहाँ विष्णु कार्की, विष्णु लामिछाने, डम्बर जिसी, लक्ष्मी पाण्डे, ओमकुमारी महतो, गणेशमान श्रेष्ठ, भरत भुसाल, सुमित्रा खनाल, कमल राज गुरौं, हेमु शंकर देवकोटा, दुर्गाबहादुर राना, मानबहादुर सदाशंकर लगायतका काँग्रेसका हस्तीहरु केन्द्रिय प्रतिनिधि छनौटका लागि चुनावी मैदानमा रहेका छन् ।

 

 

देउवासँग मिल्दा पनि डा. शशांक आफ्नै जिल्लामा कमजोर



सम्बन्धित
Loading...