चितवनमा गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी




चितवन – सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।




निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।

निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ । गएकाे आइतवार नालीको खोँचमा परेर गैँडा रेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

 

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहनुभएको छ ।

समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । हिजाे बिहीवारदेखि समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरूसँग छलफल थालेको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार हिजाे भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल भएकाे थियो ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । त्यही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो ।

सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरि काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ ।

 

यो पनि .. …

मानवीय लापरवाहीले एक सिंगे गैडाको निधन

अरुणखोला दुम्किबास चोरमारा जंगलमा ५ वटा बाघ ! नरभक्षी बाघ पहिचानमा समस्या

चितवनमा नालीमा खसेर युवकको निधन

नवलपुरको ब्युटिपार्लरमा चोरी



सम्बन्धित
Loading...