सवारी दुर्घटनामा ३ जनाको मृत्यु




सर्लाही, हरिवन नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय रामबली रामको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।




त्यसैगरीधनुषा, जनकपुर उपमहानगरपालिका-१८ महुवा मा भएका सवारी दुर्घटनामा २ जनाको निधन भएको छ ।

ज ११ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका-१३ बिजलपुरा तीन नम्बर टोल बस्ने २६ वर्षीय संजय राउत र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय बीरेन्द्र दासको घट्नास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल हुँदै बिराटनगरतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि …

नवलपरासीमा बदेलको मासु, २ वटा पिकअप सहित ६ जना पक्राउ

बुवाले चलाएको ट्रयाक्टरको ठक्करबाट छोरीको मृत्यु

नवलपरासीको गाेली लागेका पाटेबाघ मृत फेला

 

 



सम्बन्धित
Loading...