तेक्वान्दो कपिलवस्तुकाे नेतृत्वमा रायमाझी

न्याय, सत्यता, विश्वशान्ती, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद


राम अवतार चाैधरी
कपिलवस्तु,



नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ कपिलवस्तुमा राकेश सिंह रायमाझीकाे नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएकाे छ । जिल्लाको शिवराज-५, चन्द्रौटामा सोमबार भएको प्रथम जिल्ला भेलाले रायमाझीलाई अध्यक्षमा चयन गरेकाे तेक्वान्दो महासंघले जनाएको छ ।

“न्याय, सत्यता, विश्वशान्ती, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित भएकाे प्रथम भेलाले उपाध्यक्षमा रमेश मल्ल सचिवमा नवराज पौडेल कोषाध्यक्षमा रन्जित चौधरीलाई चयन गरेको छ । सदस्यमा मनिष पोख्रेल, गोपाल मल्ल, सुरेश रायमाझी र पुजन थापा सदस्यमा चयन भएकाे सचिव नवराज पाैडेले जानकारी दिए ।




नव निर्वाचित समितिलाई जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा , कार्यलय प्रमुख मिन प्रसाद पोख्रेल , तेक्वान्दो महासंघका केन्द्रिय सदस्य प्रेमबहादुर कामु मगर, महासंघ लुम्विनी प्रदेशका अध्यक्ष विक्रम बुढा मगर, युवा नेता अजय थापा लगायतले नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै मन्तव्य जाेडेका थिए ।



सम्बन्धित
Loading...