देवचुलीका वडा कार्यालय र स्वास्थ्य केन्द्रमा चोरी




नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं. १३ को वडा कार्यालय र आधारभूति स्वास्थ्य केन्द्रमा चोरी भएको छ ।

वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको ढोकामा रहेको तोल्चा फोडी चोरी भएको नवलपुर प्रहरीले जनाएको छ ।




वडा कार्यालय भित्र रहेको क्यानोन कम्पनीको थान १ फोटोकपी मेसिन, अपाङ्गहरुलाई वितरण गर्ने न्यानोको हुट कपडा थान ४ र आधारभूत स्वास्थ्य केन्द्र भित्र रहेको स्टीलको थान ४ गिलास चोरी भएको प्रहरीले जनाएको छ ।

४० हजार बराबरको फोटोकपी मेसिन, ६ हजार बराबरको हुट कपडा र ४ सय बराबरको स्टीलको गिसाल चोरी भएको हो ।

प्रहरी सहितको टोलीले निरिक्षण गर्दा कार्यालयदेखि केही पर सानो जंगल जस्तो क्षेत्रमा न्यानो कपडामा टाँसिएको वडा कार्यालयको लोगो सहितको स्टिकर च्यातेर फालिएको अवस्थामा भेटिएको छ ।

 

https://www.youtube.com/watch?v=qn2wVpotmbM&t=350s

 

देवचुली १३ का वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्री वडा कार्यालय पुग्दा वडा र स्वास्थ्य चौकीको ढोकाको ताल्चा फोरिएको अवस्थामा देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए ।

चोरी भएका सामग्री भने फेला परेको छैन । चोरीमा संलग्नको खोजीकार्यमा प्रहरी लागेको जनाईएको छ ।

 

देवचुली १३ वडा कार्यालय उद्घाटन

 



सम्बन्धित
Loading...