कृष्णानगर नगरप्रमुख शाहको नेपाली कांग्रेस प्रवेश कार्यक्रमप्रति कांग्रेसबाटै आपत्ति


कपिलवस्तु, 
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिले ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहको घर भित्रा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि नगरप्रमुख शाह लगायत कार्यकर्ताहरु लाई पार्टी प्रवेश गराएको र पार्टी प्रवेश कार्यक्रम आयोजना बारे ३नं. क्षेत्रीय कार्य समिती, ३(ख) प्रदेश कार्य समिति तथा कृष्णनगर नगर कार्य समिती लाई कुनै जानकारी नदिइ तिनै कार्य समिती लाई बाईपास गर्दै मनमानी ढंगले गरेको कुरा कृष्णानगर नगरसभापति देवानंद शुक्लाले बताएका छन् । 
जिल्ला कार्य समितीले व्यक्तिगत रजत प्रताप शाहको घर भित्रा तथा ती तीन कार्यसमिती लाई कुनै जानकारी नगराइ पार्टी प्रवेश कार्यक्रमप्रति घोर भर्सना गर्दै ३ नं.क्षेत्रीय सभापति, ३(ख) प्रदेश सभापति तथा कृष्णनगर नगरसभापतिको हस्ताक्षरमा प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।
उक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा कृष्णानगर नगरपालिका वड़ा नं.८ बहादुरगंज रजत प्रताप शाहको घरमा पार्टी प्रवेश कार्यक्रम रहेको भन्ने सुन्नामा आएको खबर प्रति नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती क्षेत्र नं.३को गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी क्षेत्रीय कार्य समिती,प्रदेश कार्य समिति ३(ख) र कृष्णानगर नगरकार्य समिती लाई जानकारी नगराइ व्यक्तिगत रजत प्रताप शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्तिजनक मात्र नभइ घोर निन्दणीय पनि रहेको छ । सिंगो पार्टीकै प्रतिष्ठा माथि आंच आउने गरि गरिएको यस कार्य समितीको नेपाली कांग्रेस क्षेत्रीय,प्रदेश ३(ख) र कृष्णानगर नगर समितीले घोर भर्सना गर्दछ भन्ने उल्लेख रहेको छ ।



सम्बन्धित
Loading...