उद्योग व्यवसाय महासंघमा पोख्रेल




राम अवतार चाैधरी – 
कपिलवस्तु,

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको नयाँ कमिटी गठन भएकाे छ । शनिबार महादेव पोख्रेलकाे नेतृत्वमा ५८ सदस्यीय कमिटी गठन गरिएको आयाेजकले जनाएकाे छ ।




जिल्लाकाे तौलिहवामा भएको महासंघ कपिलवस्तुको प्रथम जिल्ला भेलाबाट युवा व्यवसायी पोख्रेल अध्यक्षमा चयन भएका हुन् ।

जसकाे उपाध्यक्षमा कृष्ण गैरे र रुमान बहादुर जि.सी. सचिवमा कृष्ण गैरे, उपसचिवमा सन्ध्या न्यौपाने र मधु सिग्देल, कोषाध्यक्षमा मनोहर अधिकारी तथा सह-कोषाध्यक्षमा माया पौडेल सहित ५८ सदस्यीय जिल्ला कार्य कमिटीमा चयन गरिएकाे हाे । यसैगरी साे भेलाले पालिका संयोजकहरु समेत चयन गरेको छ ।

जसमध्ये कृष्णनगर नगरपालिका संयोजकमा अरुण कुमार श्रीवास्तव, शिवराजमा अर्जुन प्रसाद बेल्बासे, विजयनगरकाे संयोजकमा तैलेश्वर खटिक, बाणगंगा नगरपालिका संयोजकमा झबिन्द्र खनाल, शुद्दोधन संयोजकमा मोहम्मद मोहिसगर गद्दि, महाराजगन्ज संयोजकमा दिनेश कुमार चौवे, मायादेबी संयोजकमा शम्भु शरण बानिया, यशोधरा संयोजकमा शिकन्दर देब मुसलमान, बुद्धभुमी संयोजकमा डम्मर देब पान्डे र कपिलवस्तु नगरपालिकाको संयोजकमा अर्जुन चौधरी चयन भएकाे महासंघले जनाएको छ ।

त्यसैगरी भेलाले जिल्ला भित्र रहेका सबै पालिकाभित्र फाल्गुन १६ गते सम्म भेला गराई पालिकाको कमिटी निर्माण गर्नका लागि महासंघले पालिका संयोजकलाई जिम्मेवारी समेत दिएको छ ।



सम्बन्धित
Loading...