जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते




दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।




भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

उक्त दुर्घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

‘बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, शव बोकेर घाट जानुपर्ने बाध्यता आइलाग्यो’

प्युठान जीप दुर्घटना: ८ जनाको मृत्यु, मृतक ८ जनाकाे पहिचान खुल्याे

दुर्घटनामा परेकी बेहुलीको दाहिने हात काटियो; बेहुला खतरामुक्त



सम्बन्धित
Loading...