ढुंगेअड्डामा ३ वटा कुकरबम फेला,सेनाद्वारा डिस्पोज




काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकरबम फेला परेकोछ ।

सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको बीचसडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाथिए ।




प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेकोथियो । त्यसपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएकोछ ।

बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएकोथियो ।

 

काठमाडौँमा शंकास्पद वस्तु फेला



सम्बन्धित
Loading...