पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


सांकेतिक तस्वीर


पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ ।

लु १९ प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीय बालक निमराज चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताए ।

 




भैहरवा–भूमही सडक खण्डमा सो मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० बस्ने २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

कावासोतीमा बस पल्टियो, २१ जना घाइते



सम्बन्धित
Loading...