जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका ४ बसपार्कस्थित वीरेन्द्र सिंहको सुदूर पश्चिम होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय ३० वर्षीय महेश सिंह धामी लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ५ सय ९५ रुपैयाँ र ९ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।