बेल्बासेलाई मृत्यु दाबी भुक्तान


घनश्याम भर/कपिलवस्तु,
कपिलवस्तुको मृतक शिव प्रसाद बेल्बासेलाई मृत्यु दाबी भुक्तानी गरिएको छ । युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक बेल्बासेलाई दाबी भुक्तानी गरेको छ ।
जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ११ सडवा निवासी मृतक बेल्बासेको पत्नी शारदा बेल्बासेलाई दाबी भुक्तानी गरिएको हो । पत्नी बेल्बासेलाई कुमारी बैंक चन्द्रौटा शाखाबाट चेकमार्फत भुक्तानी गरिएको युनियन लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाका प्रबन्धक पाण्डव भण्डारीले बताउनुभयो ।
बिहिबार पत्नी शारदा बेल्बासेलाई रु. ५ लाख ४२ हजार रुपैयाँ दाबी भुक्तानी गरिएको पाण्डवले जानकारी दिनुभयो । गत मंसिरमा अचानक घरमै सुतेको अवस्था शिव प्रसाद बेल्बासेको मृत्यु भएको थियो ।



सम्बन्धित
Loading...