मन्दिर सरसफाई




कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको निर्माणाधिन शिवालय मन्दिर परिषर सरसफाई गरिएको छ । शिवरात्रीलाई लक्षित गरी सरसफाई गरिएको हो ।

केरुङे खोलासगै रहेको चौरमा निमार्णाधिन अवस्थामा रहेको शिवालय मन्दिर र जमिन संघर्ष समितिका आयोजनामा सरसफाई गरिएको हो ।




कार्यक्रममा क्लवका भवन र खेलकुद मैदान, भित्र रहेको झाडी र फोहोरहरु सरसफाई गरेको मन्दिर निर्माण समितिका अध्यक्ष भुप नारायण न्यौपानेले बताए ।

उक्त चरिचरण मैदानमा पर्यटन स्थल, क्लवका भवन र बिभिन्न धार्मिक स्थलहरु निमार्ण गर्ने, बुक्षारोपण जस्ता कार्यहरू गर्ने योजनाका साथ काम अगाडि बढिरहेको जमिन संघर्ष समितिका अध्यक्ष टंक प्रसाद लुईटेलले बताए ।

सरसफाई कार्यक्रमको सहजिकरण्ण जमिन सर्घष समितिका सचिव प. बिण्णुप्रसाद पोखरेलले गरेका थिए ।



सम्बन्धित
Loading...