पाँच दशकदेखि डाेकाेमा रमाउँदै हर्कलाल
हर्कलाल प्रायः दिनभरि डाेकाे बनाउन बेस्त भेटिन्छन् ।
राम अवतार चाैधरी
कपिलवस्तु, 
पहिला गाउँघरमा एकदमै प्रयाेग हुने डाेकाे आजभाेली ओझेलमा पर्दै गएकाे छ । डाेकाे पहाडी समुदायले मल लगायतकाे आवश्यक वस्तु ओसारपसार गर्ने देखि लिएर सुरक्षित ढाकछोपका लागि प्रयाेग गरिने गरिएको छ ।
बाह्र बर्षकाे सानै उमेर देखि नै डाेकाे बनाउने काम गर्दै आएका एक हुन हर्कलाल वि.क. । अहिले उनी उमेरले ६६ पुगे तर काम गर्न भर्खरका युवाभन्दा उत्साहित र सिपालु भने नभएका हैनन् । साढे पाँच दशक देखि डाेकाे बनाउने काम गर्दै आएका हर्कलाल । उनी २०६७ सालमा राेल्पाबाट तराई आई कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ भितरिया गाउँमा बसाेबास गर्दै आएका छन् ।
सामान्य खेतिबारी भएका हर्कलाल प्रायः दिनभरि डाेकाे बनाउन बेस्त भेटिन्छन् । सानै उमेरदेखि नै घरकाे जिम्मेवारी थप्पिएपछि दैनिकी गुजारा चलाउन स्थानीय स्राेतकाे प्रयाेग गरि डाेकाे बनाउन सिकेकाे हर्कलाल बताउँछन् । उनले कतिपय अडर अनुसार बनाउने गरेकाे बताउँदै घरबाटै पनि बिक्री हुने गरेकाे समेत उनले बताए ।
साे पेशाले उनलाई जिउने वातावरण मात्रै हाेइन शैली नै परिवर्तन भएकाे छ । शायद सीप नभएको भए आफूले जीवन जिउन निकै कष्टकर हुने थियाे । उनले भने :- “सीप एउटा कला हाे, सीप सिकेर काेहि सानाे हुँदैन, जिन्दगी चलाउन जाेे काेहीलाई अध्ययनसँगै सीप जरुरी छ” । उनी बाँस र प्लास्टिककाे डाेकाे बनाउने गर्छन् । बाँसकाे प्रति डाेकाे रु.५ सय र प्लास्टिक डाेकाे रु.७ सयका दरले बेच्ने गरेकाे वि.क.ले जनाए ।
भितरिया गाउँदेखि नजिकैको चन्द्राैटा बजारमा बेच्न जाने गरेकाे बताउँदै कतिपय बाटाेमै बिक्री हुने गरेकाे समेत उनले बताए । स्थानीय स्तरमा भएकाे स्राेत साधनकाे प्रयोग गर्दै राम्रो आम्दानी हुनुका साथै समयकाे सदुपयोग भएकाे जिकिर गरे । सामान्य लगानीमा आफूले मिहिनेत गरी घरकाे काम सकाएर यस सीपले मनग्ये कमाइ हुने गरेकाेले घर व्यवहार चलाउन सहज भएकाे उनले अनुभव सुनाए ।
उमेरले बुढाे भएपनि सीपकाे काैशलले घरमा रहेकाे ८ जना परिवारलाई खर्चाे तार्न सहयाेग पुगेकाे वि.क.ले जानकारी दिए । प्लास्टिक डाेका बनाउन बजारमा त्यति सहजरूपमा साे प्लास्टिक उपलब्ध नहुने भएकाले अलि लागत बढी पर्ने जाने उनकाे भनाइ छ ।
यस सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्न सके माैलिक पहिचान जाेगाउन उत्साह थपिने बताउँदै डाेकाे बनाउने पेशाले आफूलाई निकै सन्तुष्टि मिलेकाे हर्कलालले बताए । उनका अनुसार मासिक करिब १७ हजार आम्दानी हुने गरेकाे छ । यसलाई संरक्षण तथा सम्बर्द्धन गर्न सम्बन्धित निकायले निगरानी गरि सीपकाे विस्तार गरे राेजगारीकाे अवसर सिर्जना गर्न सकिन्छ ।