फेसबुकबाट चिनजान र विवाह, १९ दिनमै पत्नीको ह’त्या

सिराहामा परिवारका अन्य सदस्यले आफ्नै जातिको केटीसँग विवाह गर्नुपर्ने अडान राखेपछि सिराहाका अमर राउतले पत्नी पूजालाई कमला नदीको काँसघारीमा लगेर घाँटी थिची ह'त्या गरे




सिराहा कर्जन्हा नगरपालिका–७ मा १७ फागुनमा एक महिलाको शव फेला पर्‍यो । कर्जन्हा नगरपालिका–७ स्थित कमला नदीको किनारको काँसघारीमा महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरी अनुसन्धानले उक्त शव काठमाडौं महानगरपालिका–२० का देवचन्द्र पोदारकी २२ वर्षीया छोरी पूजाकुमारी पोदारको भएको पुष्टि गर्‍यो ।

 

उनको हत्यामा संलग्न आरोपमा उनकै श्रीमान् सिराहा कर्जन्हा नगरपालिका–७ प्रेमनगरका २३ वर्षीय अमर राउतलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राउतलाई जिल्ला अदालत सिराहाबाट आठ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले बताएका छन् ।

 




 भद्रकालीमा विवाह र कमला नदीमा हत्या

वैदेशिक रोजगारीका लागि कतारमा बस्दै आएका अमर राउतसँग काठमाडौंमा कानुन विषय अध्ययनरत पूजा पोदारको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको थियो । कतारबाट तीन वर्षपछि राउत गत १३ माघमा नेपाल फर्किएका थिए ।

पोदारले त्रिभुवन विमानस्थलमै पुगेर राउतलाई रिसिभ गरेकी थिइन् । त्यसपछि बाफलस्थित डेरामा दुवैजना सँगै बस्न थालेका थिए । दुवैजनाको सल्लाहमै गत २७ माघमा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका थिए ।

 

विवाहपछि राउत ५ फागुनमा कर्जन्हास्थित घर गएका थिए । उनी श्रीमतीलाई घर भित्र्याउनेबारे सल्लाह गर्न गएका थिए । घरमा परिवारजनका सदस्यहरूले पूजालाई घर भिœयाउन नहुने र आफ्नै जातिमा विवाह गर्नुपर्ने अडान राखे । त्यसपछि राउतले पनि पूजालाई बेवास्ता गर्न खोजे । परिवारकै दबाबमा राउतले यही २७ फागुनमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका तुल्सियाहीकी एक युवतीसँग विवाह गर्ने तय पनि भयो ।

 

आफूलाई बेवास्ता गरेपछि पूजाले प्रेमनगरस्थित घर आउने बताइन् । उनी १६ फागुनमा काठमाडौंबाट सिराहाको बस्तीपुर चोक पुगिन् । घर आइपुगेको थाहा पाएपछि राउतले साथीहरूसँग हत्याको योजना बनाएका थिए । उनले पूजालाई बस्तीपुर चोकबाटै साथीहरूको सहयोगमा घर नलगेर कमला नदीको काँसघारीमा लगेका थिए । त्यहीँ पूजाको घाँटी थिचेर हत्या गरी शव छाडेर हिँडेका थिए ।

 

प्रहरीले हत्याको भोलिपल्ट (१७ फागुन) शवबारे सूचना पाएपछि अनुसन्धान सुरु गरेको थियो । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर मगाएर अनुसन्धान गरिएको थियो । कुकुरको सहयोगमा प्रहरीले हत्या गर्ने व्यक्तिको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) तिमिल्सिनाले बताए ।

 

पूजाको शव गत शुक्रबार सनाखत भएको थियो ।  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पूजाको यसअघि पनि विवाह भएको थियो । तर, पहिलो श्रीमान्ले छाडेको बारे राउतले पछि मात्रै थाहा पाएपछि समस्या बढेको खुलेको छ ।

 

चितवन आफ्नै नवजात शिशुको हत्या गर्ने महिला पक्राउ



सम्बन्धित
Loading...