‘परदेशी २’को फस्टलुक सार्वजनिक




फिल्म ‘परदेशी २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बुधबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरेको छ । फिल्म ‘परदेशी २’ आगामी दशैंमा रिलिज हुने भएको छ ।




नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्मका निर्देशक रायमाझी हुन् । फस्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई देखाइएको छ ।

रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

 



सम्बन्धित
Loading...