कावासोतीबाट जुवातास खेल्ने ६ जना पक्राउ

नवलपुरको कावासोतीबाट जुवातास खेलिरहेका ६ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ।
कावासोती नगरपालिका ८ स्थित वेलु पुनको घरमा जुवातास खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
निजहरूको साथबाट ३१ हजार नौं सय पच्चीस रूपैँया नगद र चार बुक तास सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने वर्ष ३० की हरि माया पुन, वर्ष ४० की माया पुन, वर्ष ४५ की वेलु पुन, वर्ष ६८ की दुरपति गुरुङ, वर्ष ४० को रविन मान सिंह र वर्ष ४० को विर गुरुङ रहेका छन्।
निजहरूलाई पक्राउ गरी कानुन वमोजिम अनुसन्धान भईरहेको गिरीले जानकारी गराए ।