६ महिनापछि पृथ्वीमा झरे तीन चिनियाँ अन्तरीक्ष यात्री


 




 

चीनको नयाँ अन्तरीक्ष स्टेशनबाट ६ महिनापछि शनिबार तीन अन्तरीक्ष यात्री पृथ्वीमा अवतरण गराएको छ ।

 

 


अवतरणको सीसीटीभीले रेकर्ड गरेको भिडियो सार्वजनिक गर्दै चीनले अन्तरीक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिसन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

 

अन्तरीक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ ।

 

 

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरीक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ । चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ ।

 

 

सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले चीनले भूपउप्रह बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

 

सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो । राष्ट्रपति सी जिनपिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ ।

 

 

बेइजिङले वर्षौंदेखिको अन्तरिक्ष यात्राको प्रयासमा कोसेढुङ्गा सावित भएपछि अन्ततः अन्तरीक्ष यात्राको अभियानमा संयुक्त राज्य अमेरिका र रूससँग प्रतिस्पर्धामा पुग्ने प्रयास गरिरहेको छ ।

 

 

 

अन्तरीक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । देशको राष्ट्रिय अन्तरीक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालकदलित चन्द्र मिशन सुरु गर्नु भएको जनाएको छ ।

 



सम्बन्धित
Loading...