किभनजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ ।
बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ, मारिएका सबैजना सर्वसाधारण हुन्,’ किभ क्षेत्रका प्रहरी प्रमुखले भन्नुभयो, ‘कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी गोली हाने ।’
नवलपुरमा राष्ट्रिय जनमोर्चाको ७ वटा वडामा दावी

नवलपुर । पूर्वी नवलपरासीमा राष्ट्रिय जनमोर्चा नवलपुरले नवलपुरमा ७ वटा वडामा वडाध्यक्ष दावी गरेको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनमा जनमोर्चाले ७ वटा वडा अध्यक्ष दावी गरेको हो ।
राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डेका अनुसार यस अघि २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर जित हात पारेको क्षेत्र गैडाकोट १६ सहितका ७ वटा वडामा जनमोर्चाले दावी गरेको छ । नवलपुरमा ९२ वटा वडाहरु रहेका छन् ।
पाण्डेका अनुसार गैडाकोट १०, गैडाकोट १६, हुप्सेकोट १, कावासोती १४, विनयी त्रिवेणी ६ र मध्यविन्दुका २ वटा वडा सहित ७ वटा वडामा वडाध्यक्षको दावी गरेको छ । उक्त पार्टीले नवलपुर पालिका प्रमुख र उपप्रमुखमा भने दावी गरेको छैन ।
स्रोतका अनुसार गैडाकोट १० वा गैडाकोट १६ मा वडाअध्यक्ष र अन्य वडाहरुमा वडा सदस्य दिने गरी गठबन्धन सहमति नजिक पुगेको छ । तथापि पाण्डेले गैडाकोट १६ मा आफ्नो दावी नछोड्ने बताए ।
नेपाली काँग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले जनमोर्चासँगको सहमति लगभग टुंगिएको बताए । गठबन्धनको वैठक भोलि फेरि बस्ने जनाइएको छ ।