नवलपुरका एमालेले ८ वटै पालिकामा प्रमुख अध्यक्ष सहित सबै पदमा मनोनयन दर्ता

नवलपुर । नेकपा एमालेले नवलपुरका सबै पालिकामा सबै पदमा मनोनयन दर्ता गराएको छ ।
एमालेबाट गैडाकोटमा नगरप्रमुखमा छत्रराज पौडेलले मनोनयन दर्ता गराएका छन् । पौडेल यस अघि पनि गैडाकोटमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका हुन् । गैडाकोट उपप्रमुखमा एमालेबाट चेतना अर्यालले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी कावासोतीबाट एमालेबाट नगरप्रमुखमा विष्णु भुसाल र फुल कुमारी महतोले मनोनयन दर्ता गराएका छन् । कावासोतीमा २०७४ को स्थानीय निर्वाचनमा दुवै पदमा नेकपा एमालेले जित हात पारेको थियो ।
देवचुली नगरपालिकामा एमालेले नगरप्रमुख र उपप्रमुखमा पुरानै उमेदवारलाई दोहोर्याएको छ । यहाँ एमालेबाट नगरप्रमुखमा हरि न्यौपाने र उपप्रमुखमा पार्वता तिवारीले उमेदवारी दिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा देवचुलीमा पार्वता तिवारीले उपप्रमुखमा जित हात पारेका थिए भने हरि न्यौपाने नेपाली काँग्रेससँग पराजित भएका थिए ।
त्यसैगरी मध्यविन्दु नगरपालिकामा नगरप्रमुखमा एमालेबाट भीमलाल अधिकारी र उपप्रमुखमा पूर्णकला महतोले मनोनयन दर्ता गराएका छन् । भिम २०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट नगरप्रमुखमा उमेदवार बनेका थिए ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्षमा भगवती वैदवारले उमेदवारी दर्ता गराएका छन् ।
हुप्सेकोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनि पाण्डे जमुनाले मनोनयन दर्ता गराएका हुन् ।
बुलिङ्गटार गाउँपालिकामा अध्यक्षमा दिपेन्द्र सुनारी र उपाध्यक्षमा भूमिका खण्डलुकले एमालेबाट मनोनयन दर्ता गराएका छन् भने बौदीकालीमा एमालेबाट अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुले मनोनयन दर्ता गराएका हुन् ।
एमालेले नवलपुरका सबै पालिकाहरुमा वडाध्यक्ष र सदस्यका सबै पदमा मनोनयन दर्ता गराएका छन् ।
नवलपुरमा एमालेका उमेदवारहरु
गैडाकोट नगरपालिका
नगरप्रमुख छत्रराज पौडेल
उपप्रमुख चेतना अर्याल
नगरप्रमुख विष्णु भुसाल
उपप्रमुख फुल कुमारी महतो
मध्यविन्दु नगरपालिका
नगरप्रमुख भीमलाल अधिकारी
उपप्रमुखमा पूर्णकला महतो
देवचुली नगरपालिका
नगरप्रमुख हरि न्यौपाने
उपप्रमुख पार्वता तिवारी
विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष घनश्याम गिरी
उपाध्यक्ष भगवती वैदवार
हुप्सेकोट गाउँपालिका
अध्यक्ष चेतन राना
उपाध्यक्ष मनि पाण्डे जमुना
बुलिङ्गटार गाउँपालिका
अध्यक्ष दिपेन्द्र सुनारी
उपाध्यक्ष भूमिका खण्डलुक
बौदीकाली गाउँपालिका
अध्यक्ष प्रकाश ओझा
उपाध्यक्ष डिलकुमारी सारु