पपगायिका रिहानालाई पुत्रलाभ !

हलिउड पपस्टार रिहाना र प्रेमी र्यापर रकी अभिभावक बनेका छन् । रिहानाले पुत्रलाई जन्म दिएकी छिन् ।
मे १३ मा लस–एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले जनाएका छन् । र्यापर रिकी रिहानाका प्रेमी हुन् । यी दुबै चाँडै बिहे बन्धनमा बाँधिने जनाइएको छ ।
लामो समयदेखि उनीहरु डेट गरिरहेका थिए । तर, दुबैले सन् २०२१ मा सम्बन्धबारे सार्वजनिक गरेका थिए । पिपल म्यागजिनका अनुसार अहिले रिहाना र रकी बच्चासँग लस–एन्जल्सस्थित घरमा छन् ।
रिहानाको स्वास्थ्यपूर्णरुपमा ठीक रहेको र अभिभावक बनेपछि दुबैजना खुशि रहेको समेत म्यागजिनले उल्लेख गरेको छ । प्रेग्नेन्सीको खबरको केही समयमै रकीलाई रिहानाबाट चिट गरेको आरोप समेत लागेको थियो ।