कतार र जर्मनी बिच सैन्य सहयोग सम्झौतामा हस्ताक्षर


 



कतारको रक्षा मन्त्रालयले जर्मनीको रक्षा मन्त्रालयसँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । 

 




कतार सशस्त्र बलका प्रधानसेनापति लेफ्टिनेन्ट जनरल (पाइलट) सलेम बिन हमाद बिन अकिल अल नाबित र जर्मन सशस्त्र बलका महानिरीक्षक र रक्षा प्रमुख एबरहार्ड जोर्नले सम्झौतामा हस्ताक्षर गर्नुभयो। 

 

 बर्लिनमा सम्झौतामा हस्ताक्षर भएको बेला सैन्य परेड आयोजना गरिएको थियो। 

 

हस्ताक्षर समारोहमा जर्मनीका लागि कतारका सैन्य सहचारी ब्रिगेडियर जनरल खालिद अली अल काबी र अन्तर्राष्ट्रिय सैन्य सहयोग प्राधिकरणका प्रमुख ब्रिगेडियर जनरल अब्दुलअजीज सालेह अल-सुलैतीको उपस्थिति थियो।

 



सम्बन्धित
Loading...