चितवनः घाँस काट्न गएकी महिलालाई बाघले लग्यो


 



चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले लगेको छ ।

 

भरतपुर महानगरपालिका वडा नं. १३ बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।




आज दिउसो २ वजे घाँस काट्न उनलाई बाघले आक्रमण गरेको बुझिएको छ ।

उनको खोजीका लागि जंगलभित्र हात्ती लगेर जाने तयारी भैरहेको छ ।

नवलपुर र चितवन आसपासकाे क्षेत्रमा पछिल्लाे समय बाघ आक्रमण निक्कै बढेको छ ।

 



सम्बन्धित
Loading...