भरतपुर महानगरमा रेनुकाे जित, ९१२ मत गणना बाँकी रहँदा १२ हजार बढीको अग्रता


 



भरतपुर । भरतपुर महानगरपालिकामा नगरप्रमुखमा रेनु दाहालले जित हात पारेकी छिन् । भरतपुर महानगरपालिकामा एक लाख २५ हजार ८४२ मतगणना सकिएको छ । 

 




महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं २८ र २९ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा मतगणना सकिएको हो । अब ९१२ मतमात्र गणना गर्न बाँकी रहँदा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उमेदवार जित भइसकेको छ । गन्न बाँकी मत भन्दा मतअन्तर बढी भएकाेले जित भइसकेकाे हाे।

 

महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई १२ हजार भन्दा बढी मतान्तरले पछि पारेकी हुन् । दाहालले ५१ हजार ११२ मत प्राप्त गर्दा सुवेदीले ३८ हजार ९७२ मत प्राप्त गरे । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ मत प्राप्त गरे ।

 

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरूङलाई २१ हजार ५७७ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ५१ हजार ९०३ मत प्राप्त गर्दा गुरूङले ३० हजार ३२६ मत प्राप्त गरिन् ।

 

भरतपुरको अहिलेसम्म २७ वडाको मतगणना सकिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ गरी १५ वटा वडा जितेको छ ।

 

त्यसै नेकपा एमालेले ३, ११, १२, १८ र १९ गरेर ५ वटा वडा जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले ७, ९, २२ गरेर ३ वटा वडा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वडा नं १३, २४, २६ मा जित्न सफल भएको छ । यस्तै वडा नं २५ मा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।



सम्बन्धित
Loading...