भरतपुर: गुपचुप अदालत पुग्यो बालिका ब`लात्कार घ`टना




सामाजिकरुपमा प्रतिष्ठित र आर्थिकरुपले बलियो एक घरपरिवारको सदस्यमाथि बालिका ब`लात्कारको ग`म्भीर आ`रोप लागेको छ । भरतपुर–१० स्थित  युवालाई १७ वर्षीया बालिका ब`लात्कार गरेको आ`रोप लागेको हो ।

 

गुल्मी घर भएकी १७ वर्षीया बालिका यहाँ स्थित आ`रोपितले सञ्चालन गरेको होस्टलमा बसेर अध्ययन गर्दै थिइन् । समय क्रममा आ`रोपित युवाले बालिकालाई चितवन नयाँ ठाउँ भएकाले घुम्न अफर गरे ।

 




सौराहा रमाइलो छ भनेर त्यतै लगे । पहिलोपटक ती बालिका गत पुस अन्तिमतिर सौराहाको एक होटलमा ब`लात्कृत भइन् । सुरूमा प्रलोभनमा पारेर ब`लात्कार गरेका युवाले पछि ड`र, ध`म्की दिए ।

 

गत वैशाख १९ गते भरतपुर–१६ स्थित एक होटलमा लगी ज`बरजस्ती गरेपछि बालिकाले यो कुरा सार्वजनिक गरिन् । वैशाख २१ गते प्र`हरीकोमा उजुरी प¥यो ।

 

आफू ब`लात्कृत भएको भनी बालिकाले गत वैशाख २१ गते जिल्ला प्र`हरी कार्यालयमा उजुरी दिएकी थिइन् । सोही दिन आरोपित २९ वर्षका युवा गिरफ्तार भई चितवन प्र`हरीले पटकपटक म्याद थप गरी सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ ।

 

शुक्रबार यो मुद्दा चितवन अदालतमा दर्ता गरिएको छ भने सोमबार बहस हुने तयारी रहेको जिल्ला न्यायाधीवक्ता महेश खत्रीले जानकारी दिए । अघिपछि यस्ता घ`टनाहरु चितवन प्रहरीले जानकारी गराउने गरेकोमा यस घ`टना गुपचुप राख्यो ।

 

अ`नुसन्धानको अन्तिम घडीमा मात्र यो कुरा सार्वजनिक भएपछि प्र`हरीले बल्ल सूचना दियो । यो घ`टना मिलाउनका लागि दुई पक्षबीच पटकपटक छलफल भएको स्वयम् प्र`हरी बताउँछ ।

 

धनाढ्य, शिक्षित र प्रतिष्ठित परिवारका युवाबाट घ`टना भएको थाहा पाएपछि बालिकाको आफन्त गुल्मीदेखि आए । सुरूमा मुद्दा चलाएर कडा कारबाहीको माग राखेका उनीहरु केही लचिलो बने ।

 

समय अन्तरालमा मानिसहरु मुद्दा फिर्ता लिन मिल्दैन भनी पटकपटक प्र`हरीकोमा पुगे तर, बालिका ब`लात्कारजस्तो ज`घन्य अ`पराधमा दर्ता भइसकेको मुद्दाबारे कसैको केही लागेन । तर मुद्दालाई कमजोर बनाउन भने भरमग्दुर प्रयास भएको पाइन्छ ।

 

६ दिनअघि चितवन अदालतमा बुझाइएको मुद्दामा नाबालिकाको संरक्षकको कागज नगरिएको भनी सरकारी वकिलले फाइल फिर्ता गरिदिएका थिए । प्र`हरीले त्यसपछि बालिकाको आमालाई झिकाउने प्रयास ग¥यो तर, उनी नआएको प्र`हरीको भनाइ छ ।

 

आफ्नो छोरी ब`लात्कार पीडित हुँदा संरक्षकको रुपमा आमा आउन अटेर गर्नुलाई मुद्दा कमजोर बनाउन खोजिएको आर्थिक चलखेल भएको अधिकारकर्मीहरु बताउँछन् ।

 

चितवनमा पछिल्लो पाँच महिनामा २१ जना बालिका ब`लात्कार पीडित बनेका छन् । त्यस्तै नौ जना बाल यौ`न दु`रूपयोगको सिकार बनेका छन् ।

 



सम्बन्धित
Loading...